रवि लामिछानेको समर्थन गर्दै अध्यक्ष दाहाललाई अपशब्द लेख्ने पक्राउ

जनपत्र
५ भाद्र २०७६, बिहीबार ०६:१६

लिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अपशब्द लेखेको भन्दै प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ ।

चितवन माडीका अर्बिन गुरुङले अध्यक्ष दाहाल, चितवन प्रहरी प्रमुख दानबहादुर मल्ल र भरतपुर महानगरकी प्रमुख रेण दाहालविरुद्ध अपशब्द लेखेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई हिरासतमा लिएर चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ । लामिछानेलाई हिरासतमा राखिएपछि चितवनमा दिनहु प्रदर्शन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*