नासाको चेतावनी : अमेरिकी वायुक्षेत्रमा परग्रहीको आक्रमण हुन सक्छ

२७ वर्षयता ८ सयभन्दा बढी अज्ञात उडानका घटना सार्वजनिक
जनपत्र
३० भाद्र २०८०, शनिबार ०६:३२

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले अमेरिकी आकाशमा परग्रही (Allen) को आक्रमण हुन सक्ने चेतावनी दिएको छ।

नासाले  अज्ञात उडनतश्तरी  वा युएफओ (अन आइडेन्टिफाइड एनोमोलस फेनोमेना वा अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स) सम्बन्धी प्रतिवेदन जारी गर्दै अमेरिकामा परग्रहीहरू रहेको पक्का गरेको हो।

नासाका अनुसन्धानकर्ताहरूको टोलीले गत मेमा परग्रहीबारे जारी गरेको आफ्नो प्रारम्भिक प्रतिवेदनमा पछिल्ला २७ वर्षमा युएफओका ८ सयभन्दा बढी अज्ञात उडानका घटना भएको जानकारीसमेत दिएको छ।

नासाका प्रशासक बिल नेल्सनले अमेरिकी वायु क्षेत्र यति वेला यस्ता अज्ञात उडानको जोखिममा रहेको बताएका छन्। वासिङ्टनस्थित नासाको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतिवेदनमाथि छलफल गर्दै नासाले परग्रहीसम्बन्धी कुनै पनि काम पारदर्शी ढंगले गर्ने समेत उनले उल्लेख गरेका छन्।

बैठकमा सहभागी टोलीकी सदस्य नादिया ड्रेकले विगत २७ वर्षमा भएका कतिपय यस्ता अज्ञात उडानका घटनालाई अपरेटर वा सेन्सरले पत्ता लगाउन नसकेको र अन्तरिक्षमा जे भइरहेको छ, त्यो अनौठो रहेको बताइन्।

यसबाहेक अमेरिकी सीमामा चीनको जासुसी बेलुन पुगेपछि अमेरिकी सरकारले पनि युएफओसँग सम्बन्धित विषयमा गम्भीर भएर काम गरिरहेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*