हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान

डेंगु नियन्त्रणमा हेटौंडाका मेयर, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य निर्देशक पनि निस्किए ।
जनपत्र
४ भाद्र २०७६, बुधबार १२:२७

हेटौंडा । हेटौंडामा डेंगु नियन्त्रण गर्नका लागि यसको वास स्थान नष्ट गर्ने अभियानमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा अभियाननै सञ्चालन गरिएको छ । डेंगुको लार्भा र प्युपा वस्ने वासस्थानको नष्ट गर्नका लागि मेयर महतको नेतृत्वमा हेटौंडा ४ का बिभीन्न स्थानमा आज पनि पानी जमेका भाडा खन्याउने, टायर संकलन गर्ने अभियान जारी राखिएको हो ।

मेयर महत सहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महासाखाका प्रमुख शतिस बिष्ट, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, नगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेबिका, जनपथ प्रहरी लगायतकाको सहभागितामा डेंगुको लार्भा र प्युपा बस्ने वास स्थानको नष्ट गरिएको हो ।

हेटौंडामा डेंगु लागेका २ सय ५१ जना भन्दा माथी बिरामी देखा परिसकेको छन् । यसको नियन्त्रणका लागि हेटौंडामा टोल विकास संस्था, वडा कार्यालय, नगर प्रहरी, जनपथ प्रहरी, ससस्त्र प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका लगायतकाको दिनहुँ सक्रिय सहभागिता रहेको मेयर महतले जानकारी दिनुभयो । यसलाई नियन्त्रण गर्ने एक मात्र उपाय भनेको कुनैपनि सामानमा पानी भरिएका छन् भने खन्याएर खाली राख्नुनै उपयुक्त रहेको उहाँले बताउनुभयो । हेटौंडा ४ मा सवै भन्दा वढी डेंगुका बिरामी देखा परेका छन् ।

यसअघि अफिसर्स क्लबको सहयोगमा डेंगु रोगको नियन्त्रण, रोकथामका लागि सरकारी कार्यालय हरुमा पनि सचेतना अभियान गरिएको छ । यो अभियानमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, अफिसर्स क्लव मकवानपुरका अध्यक्ष रामकृष्ण थापा लगायतकाको टोलीले अभियान गरेको उपमहानगरपालिकाका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्नका लागि विशेषगरी सफा पानी जमेर रहेका पुराना फुटेका भांडा, टायर, टिनका बट्टा, गमला, पानी टंकी, फ्रिज आदि खोजी खोजी पानी नजम्ने अवस्था बनाउन अभियान शुरूगरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*