६ महिनाभित्रै पाउने भए कालीकोटवासीले राष्ट्रिय प्रशारण लाइनको विजुली

जनपत्र
४ भाद्र २०७६, बुधबार ०६:०१

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही साताव्यापी जिल्ला भ्रमण सकेर प्रदेश राजधानी सुर्खेत फर्कदै गर्दा उनी चढेको गाडि दैलेखको टुनीवगरमा रोकियो । गाडीवाट झरेर मुख्यमन्त्री शाही सरासर वाटोछेउमै रहेको टीनले वारेको खाजा पसल छिरे । राकमवजारमा खाना खाएका मुख्यमन्त्री टुनीवगरमा झरेर खाजापसलमा छिर्दा उनीसंगै आईरहेका अन्य गाडीमा सवार नेता कार्यकर्ताबीच के भएको भनेर कानेखुशी चल्यो । मुख्यमन्त्रीका स्वकीय सचिवले सानो भेटघाट रहेको जानकारी दिए ।

मुख्यमन्त्री खाजापसल छिरेको केहीवेरमै नेपाल विद्युत प्राधिकरणको दैलेख कालिकोट विद्युत प्रशारण लाईन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरी सहितको टोली पनि सोही पसलमा छिर्यो । अनि शुरु भयो कालिकोट जुम्ला विद्युत प्रशारण लाईन विस्तारको प्रगतिको अवस्थाको वारेमा छलफल ।  छलफलमा आयोजना प्रमुख चौधरीले विद्युत प्रशारण लाईन विस्तारको कार्य तिव्रताका साथ अघि वढेको र विचमा पर्ने केही रुख कटान तथा कालिकोट सदरमुकाम मान्मामा सवस्टेशन निर्माणको लागि जग्गा प्राप्तिको समस्या रहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*