पेट्रोलियम आयातको वृद्धिदर घट्यो, विद्युत प्राधिकरण मख्ख !

जनपत्र
४ भाद्र २०७६, बुधबार ०५:५३

नेपालको ब्यापार घाटा बढाउन सबैभन्दा ठूलो उत्प्रेरकको भूमिका खेल्दै आएको छ पेट्रोलियम पदार्थ आयातले । हरेक वर्ष पेट्रोलियम आयात उच्च दरले बढ्दा वैदेशिक व्यापारको असन्तुलन पनि झन् पेचिलो बन्दै गएको छ । तर, पछिल्लो आर्थिक वर्षमा भने यो वृद्धिदर केही शिथिल देखियो ।

भारतले नाकाबन्दी लगाएको वर्र्षबाहेक नेपालमा पेट्रोलियम पदार्थको आयातको वृद्धिदर निरन्तर बढ्दै आएको थियो । बितेको चार वर्षमा नै माग दोब्बर भएको तथ्यांकले देखाएको छ । तर, आर्थिक वर्ष २०७५/७५ मा भने वृद्धिदर घट्नुलाई विद्युत प्राधिकरणका हाकिमले विजुलीको पर्याप्ततासँग जोडेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुन स्वयंले  आइतबार विद्युत प्राधिकरणको वार्षिकउत्सव समारोहमा बोल्दै बिजुलीका कारण पेट्रोलियम पदार्थ आयात प्रभावित भएको बताएका थिए । विद्युतको प्रयोग बढाउँदा वार्षिक २ खर्बसम्मको ब्यापार घाटा कम हुने उनको भनाइ थियो ।

तर, आयल निगमका अधिकारीहरुले भने आयात वृद्धिदर घट्नुलाई सामान्य रुपमा लिएका छन् । आयात परिमाण उत्कर्षमा पुगिसकेकाले वृद्धिदर घट्नु स्वभाविक भएको उनीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*