३ हजारभन्दा बढी दम्पतीलाई आइभिएफ सफलता प्रदान गरेको वात्सल्य सातौं वर्षमा प्रवेश

जनपत्र
२१ भाद्र २०८०, बिहीबार ०७:०४

३ हजारभन्दा बढी दम्पतीलाई आइभिएफ विधिमार्फत् सन्तान प्राप्तिको खुशी दिँदै आएको वात्सल्य सातौं वर्षमा प्रवेश गरेको छ।

हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आइभिएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजारभन्दा बढी दम्पतीले सन्तान लाभ ९३ हजार प्लस आईभीएफ, १ हजार ८ सय प्लस आईयूआई, २ हजार २०० प्लस नेचुरल प्रेग्नेन्सी० गरिसकेको क्लिनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘निःसन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ। त्यसैले उपचारको अवधिमा आधुनिक पद्दतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरुको अभुव छ,’ विज्ञप्तिमा उल्लेख छ।

नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरू यस क्लिनिकमा आउने गरेको वात्सल्यको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*