मुस्ताङ्गमा आर्यनसँग रोमान्टिक बनिन् मिरुना

अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउँदैछ । रोमकोम जनरामा निर्माण भएको फिल्मको मुस्ताङ्गको चुसाङ्गमा छायांकन गरिएको ‘सिल्की सिल्की बाल’ गीतको केही अचल तश्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । प्राप्त तश्विरमा आर्यन र मिरुनालाई एकअर्काको अंगालोमा प्रेमिल मुद्रामा देख्न सकिन्छ ।
दुईको केमेस्ट्री गजबको देखिएको छ । झन्डै एक साता लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । निर्माण पक्ष यो गीतलाई केही दिनमै सार्वजनिक गर्ने तयारीमा छ । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । भने, राजनकै संगीत छ । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ ।