‘जाइरा’ टीमलाई स्वागत गर्न इटहरीमा लाखे जुलुस

भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘जाइरा’ टीम मोफसल प्रचार-प्रसार भ्याएर राजधानी फिरेको छ । नेपाली फिल्मको दोस्रो ठूलो बजार मानने पोखराबाट फिल्मको प्रचार अभियान सुरु भएको थियो । यसपछि निर्माण टीमले चितवन, धरान र इटहरीमा विभिन्न कार्यक्रमको आयोजना गर्यो । इटहरीमा भने परम्परागत शैलीभन्दा भिन्न शैलीको कार्यक्रम आयोजना भएको थियो ।
(2).jpg)
इटहरीका स्थानिय युवाहरुको सक्रियतामा लाखे जुलुस निकालेर फिल्मको टीमलाई स्वागत तथा बजार परिक्रमा गराइएको थियो । नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा मुखुन्डो पहिरिएर गरिने परम्परागत लाखे नृत्य ‘जाइरा’ रिलिजको संघारमा प्रस्तुत गरिएको हो । फिल्मको प्रचारमा सहयोग तथा रिलिजको खुशियालीमा लाखे जुलुस निकालिएको स्थानिय युवाहरुले बताए ।