अमेरिकी क्यापिटल दंगामा संलग्न ‘द प्राउड ब्वाईज’ का पूर्व नेतालाई २२ वर्षको जेल सजाय

जनपत्र
२० भाद्र २०८०, बुधबार ०९:४८

काठमाण्डौ – अमेरिकी क्यापिटल दंगाको गरेको आरोपमा ‘द प्राउड ब्वाईज’का पूर्व नेतालाई २२ वर्षको जेल सजाय सुनाइएको छ ।

अमेरिकाको वाशिङटन संघीय अदालतले ३९ वर्षका एनरिक टारियोलाई देशद्रोहको षड्यन्त्रसहित विभिन्न आरोपमा सजाय सुनाएको हो । टारियो दंगाको समयमा वाशिंङटनमा थिएनन् । तर उनले समूहको संलग्नतालाई व्यवस्थित गर्न मद्दत गरेको उल्लेख छ ।

उनी यो दंगाको मुख्य योजनाकारमध्ये एक हुन् । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दंगामा टारियोको योजनामा ‘द प्राउड ब्वाइज’ नामको कट्टरबादी समूह बनाइ आक्रमण गरिएको खुलेको छ । घटनामा एक हजार एक सय जना पक्राउ परेका थिए ।

टारियोले मुद्दाको सुनुवाइको क्रममा सुरक्षाकर्मी र वाशिङटन डीसीका बासिन्दासँग भावुक भइ माफी मागेका थिए । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी राष्ट्रपतीय चुनावलाई संसदले अनुमोदन गर्ने दिन आक्रमण गरेका थिए ।

अमेरिकी इतिहासमा लोकतन्त्रविरुद्धको आक्रमणमा यति लामो समयको सजाय दिइएको यो पहिलो पटक रहेको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*