मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ

हेटौंडा । मकवानपुरको दुई स्थानबाट प्रहरीले लागू औषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ३ सरिखेत पलासे र हेटौंडा १५ रातोमाटेबाट प्रहरीले एक सय ३ केजी गाँजा सहित पाँच जनालाई आज पक्राउ गरेको हो ।
मकवानपुर राक्सिराङ गाउँपालिका वडानम्बर ३ सरिखेत पलासे बसपार्कबाट लागू औषध गाँजा ८१ केजि ७६० ग्रामसहित १ जनालाई पक्राउ गरेको हो । गाँजा सहित सप्तरी डाक्नेश्वरी गाउँपालिका वडा नम्बर ९ बस्ने ४० बर्षिय घुरन साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटिएको टोलीले गाँजा ४ वटा प्लास्टिकको बोरामा प्याक गरी राखी सवारी साधन कुरीरहेको अवस्थामा फेला पारेर बरामद गरेको हो । यसैगरी हेटौंडा १५ रोतोमाटेबाट प्रहरीले कारमा गाँजा निकासी गर्न लागिएको अवस्थामा २१ केजी ५ सय ग्राम गाँजा, कार सहित चार जनालाई पक्राउ गरिएको एसपी शिंहले बताउनुभयो ।
कार र गाँजा सहित कार चालक भारत मोतिहारी नयाटोल बस्ने बर्ष २५ को मुकेश सहनी, सोही स्थानका कारमा सवार बर्ष २५ को राज कुमार, भारत मोतिहारी चिन्तामनपुर हरी सिद्धी बस्ने बर्ष ३५ को ओम प्रकाश चौधरी र जिल्ला पर्सा बिन्दवासीनी गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष ५० को जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट बिरगन्ज तर्फ जाँदै गरेको एच आर ५१ एल ५२४१ नम्बरको भारतीय कारलाई शंका लागि चेक जाँच गर्दा कारको पछाडीको सिटमुनी फल्स बटम बनाई प्लाष्टिकको पोकामा लुकाई ल्याउँदै गरेको लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।