सांसदले उठाएका कुनैपनि विषयमा सरकारले कुनै चासोनै दिएन–एमाले सचेतक बर्तौला
हेटौँडा। नेकपा एमालेका सचेतक तथा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का सांसद महेश कुमार सांसदले उठाएका कुनैपनि विषयमा सरकारले कुनै पनि चासोनै नदिएको बताउनु भएको छ । सरकारको कारण संसदले विजनेज नपाएको बताउनु उहाँले बताउनुभयो । शुक्रबार प्रेस चौतारी नेपाल मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बर्तौलाले यस्तो बताउनु भएको हो ।
साथै उहाँले सरकारले कसैको कुरा नसून्दाको परिणाम देश गम्भीर अवस्थामा पुगेको समेत बताउनु भयो । उहाँले हालको जनताको पक्षमा काम गर्नका सट्टा प्रतिपक्षलाई गिराउने खेलमा मात्र लागेको उल्लेख गर्नु भयो । हालको सरकारकाले जनताको पक्षमा काम गर्ने कुरा कल्पना समेत गर्न नसकको बताउदै उहाँले सरकारलाई गैडाको छालाको संज्ञा दिनु भयो ।
पत्रकारहरुको प्रश्नको उत्तर दिदै बर्तौलाले हेटौँडा बजार क्षेत्रको सडक विस्तार हुनु पर्ने धारणा राख्नु भयो । उहाँले प्रदेशको राजधानी हेटौँडाको सडक विस्तार जुनसुकै हालतमा गर्नु पर्ने र सडक विस्तार गर्दा जनतालाई सुकुम्बासी बनान नमिल्ने धारणा राख्नु भयो । बजार क्षेत्रमा सडक विस्तार गर्दा सबै जनता सुकुम्बासी हुने भए यस्को बैकल्पिक व्यवस्था समेत राज्यले सोच्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा सरकारको सरकारको खरो आलोचना गर्दै बर्तौलला हालको सरकारले प्रतिनिधी सभामा विजनेज दिन नसकोको र हालको सरकार रमीते सरकार भएको उल्लेख गर्नुभयो। सचेतक महेश बर्तौलाले हेटौंडा बजारको सडक २५ गज नभई २५ मिटर विस्तार हुनुपर्ने बताउनुभयो । हेटौंडा बजारको सडकको दायाँबायाँ २५(२५ मिटर विस्तार गर्नुपर्ने धारणा राखे ।
हेटौंडाको लागि सडक विस्तार आवश्यक रहेको बताउँदै उनले सडक विस्तारको नाममा सर्वसाधारणलाई सुकुम्बासी बनाउन नमिल्ने पनि बताउनुभयो । उहाँले हेटौंडामा लामो समयदेखि व्यवसाय गरेर बसेकाहरुलाई उचित व्यवस्थापन गरेर सडकलाई फराकिलो पार्नुपर्ने बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरु विकास विरोधी बन्न नहुने बताउँदै सबै राजनीतिक दलहरुले एकै धारणा बनाएर सडक विस्तारको कार्य अघि बढाउनु पर्ने बताउनुभयो । यहाँको सडक विस्तारमा उठेका जनगुनासोलाई समेत सम्बोधन गर्ने गरी सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो ।






