हेटौंडाको चार स्थानमा २० लाख क्षमताको ट्याङकी निर्माण सुरु

कुल १५ करोड ५५ लाख लागतमा चार वटा ओभर हेड पानी ट्याङ्की र चार स्थानमा डिप बोरिङ् गर्न लागिएको हो ।
जनपत्र
३ भाद्र २०७६, मंगलवार ११:५७

हेटौंडा । हेटौंडाका चार स्थानमा एकै साथ खानेपानीका लागि डिप बोरिङ र चार वटा पानी संकलन गर्ने ओभर हेड ट्याङकी निर्माणको काम सुरु गरिएको छ । १९ लाख ५० हजार लिटर क्षमताको पानी संकलन गर्ने ट्याङकी निर्माणको काम संगै चार स्थानमा डिप बोरिङ गरीएको पानी संकलन गरेर बितरण गर्ने तयारी गरिएको हो । हेटौंडा १० टिसीएनमा निर्माण निर्माण गर्न लागिएको पानी ट्याङकीको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सिलान्यास गर्नुभयो ।

कुल १५ करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण हुँदै

हेटौंडाका चार स्थानमा निर्माण गर्न लागिएको पानीका ट्याङकी र डिप बोरिङ कुल १५ करोड ५५ लाख रुपैयाँ लागतमा ठेक्का मार्फत निर्माण गर्न सुरु गरिएको छ । खानेपानी तथा ढल व्यावस्थापन निकास आयोजनाको ७० प्रतिशत लगानी र हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड र उपमहानगरपालीकाको ३० प्रतिशत सह लगानीमा निर्माण गर्न लागिएको हो । चारै स्थानको ट्याङकी निर्माण गर्ने काम दुईवर्ष भित्र निर्माण गर्ने भनिएपनि तोकिएको भन्दा अगावै सक्ने तयारीका साथ काम सुरु गरिएको आयोजनाका प्रमुख नन्दलाल वन्जाडेले जानकारी दिनुभयो । आयोजनाको काम गर्नका लागि सबै क्षेत्रबाट सहयोग भएमा थप सहजता हुने उहाँले बताउनुभयो ।

पानी ट्याङकी र डिप बोरिङ हेटौंडा १० टिसीएन, हेटौंडा ५ रुद्र्रेश्वर, हेटौंडा २ हरिकुन्जरोड र हेटौंडा १५ भोर्लेमा निर्माण गर्न लागिएको खानेपानी व्यावस्थापन बोर्डका प्रमुख सुर्दशन ढकालले वताउनु भयो । चार स्थानको पानी ट्याङकीमा साढे १९ लाख लिटर पानी जम्मा गरेर राख्न सकिन्छ भने चार वटा डिप बोरिङबाट २५ लाख लिटर पानी अहिले भईरहेकोमा थप गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । चार स्थानमा ट्याङकी निर्माण र डिप बोरिङको काम सकिएपछी हेटौंडामा पानीको थप सहजता हुने खानेपानी बोर्डका सदस्य इन्द्र नेपालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*