हेटौंडामा पानी उमालेर र फिल्टर गरेर खानुपर्ने बाध्यता हटाउँदै छौ– मेयर महत

जनपत्र
३ भाद्र २०७६, मंगलवार ११:४२

हेटौंडा/ हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडामा दुई वर्ष भित्रमा धारको पानी उमालेर र फिल्टर गरेर खानुपर्ने बाध्यता हटाउन लागिएको बताउनुभएको छ । खानेपानी व्यावस्थापन बोर्डको आयोजनामा हेटौंडा १० टिसियनमा निर्माण गर्न लागिएको खानेपानी ट्याङकीको शिलान्यास गर्दै उहाँले शुद्ध पानी खुवाउने उपमहाँनगरपालिकाको प्रतिवद्धता रहेको बताउँनुभयो । उहाँले भन्नुभयो–‘अवको दुईवर्ष भित्रमानै पानी लगेर फिल्टरमा हालेर थापेर खानुपर्ने बाध्यता हटाउन लागेका हौ । उमालेर पानी खानुपर्ने बाध्यता पनि हटाउँछौ ।’

हेटौंडाको पहिलो प्राथमिकता खानेपानी रहेको बताउनुभएको छ । सडक र पूर्वाधारका काम भन्दा पहिले हेटौंका १९ वटै वडाका सबै नागरिकलाई घरघरमा पानी खुवाउनु पहिलो प्राथमिकता रहेको मेयर महतले बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘खानेपानी वोर्ड पनि उपमहानगरपालिका अन्तरगतको संस्था हो । यहीबाट सहकार्यमा हामिले नगरवासीहरुलाई पानी खुवाएका छौ । पानीको हेटौंडामा अभाव हुन दिन्न ।’ अव धाराबाट सिधै मुख लगाएर पानी खाने व्यावस्था मिलाउनका लागि आफुहरु लागिपरेको मेयर महतले बताउनुभयो ।

खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्टले सुद्ध पानी खुवाउनका लागि काम भईरहेको बताउनुभयो । अवको दुईवर्षमा सिधै धाराबाट पानी खाएका कारण कुनै रोग लागेमा त्यसको जिमेवारी खानेपानी बोर्डले लिने अध्यक्ष बिष्टले बताउनुभयो ।

हेटौंडामा पानी अभाव हट्यो

खानेपानी संस्थानबाट खानेपानी बोर्डमा हस्तान्तरण भएपछी हेटौंडा बजार क्षेत्रमा खानेपानीको अभाव हटेको छ । खानेपानीका लागि हेटौंडाका किभीन्न ठाउँमा डिप बोरिङ गरेर जमिन मुनीको पानी तानेका कारण पानीको समस्या हटेको हो । पानीका लागि आफ्ना घरको धारामा कुनुपर्ने बाध्यता भोग्दै आएका नगरवासीहरुका घरघरमा पानीको समस्या हटेको हो । अव सावीकको हेटौंडाका ११ वटा वडामा भन्दा बाहेक पछी थपीएका हेटौंडाका केही वडामा पानीको समस्या भएपनि समाधान गर्नेगरी अगाडी बढीएको छ ।

हेटौडा १० टिसिएनमा टोनी हेगनको नाममा पार्क निर्माण गर्दै

हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौडा १० टिसिएनमा बन्न लागेको ओभर हेड पानी ट्याङकी वरपरको स्थानमा पार्क निर्माण गर्ने बताउनु भएको छ । ओभर हेड पानी ट्याङकीको आज शिलान्यास गर्दै मेयर महतले यस्तो बताउनु भएको हो । हेटौडाको परिकल्पनाकार टोनी हेगनको नाममा पार्क निमार्ण गर्न लागिएको भन्दै उहाँले तर त्यसका लागि स्थानियको सल्लाह सुझाव लिएर मात्र अघि बढ्ने बताउनु भएको छ ।

सहिद स्मारकको डिजाइन गर्ने आशिष अधिकारीलाई यो पार्कको डिजाइनको जिम्मा दिने भन्दै उहाँले उक्त स्थानमा पुरा हेटौडा दृश्यावलोकन गर्न मिल्ने भ्यु टावर पनि निर्माण गरिने जानकारी दिनुभयो । पार्क निर्माणका लागि उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले १० लाख रुपैया छुट्याएको भन्दै मेयर महतले बाँकी अपुग रकम उपमहानगरपालिकाले बेहोर्ने बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*