सामाजिक सुरक्षा कोषको ऐन संसोधनमा सरकारबाले लापरवाही गरेको छ– सचेतक महेश वर्तौला

जनपत्र
१२ भाद्र २०८०, मंगलवार १८:४८

काठमाण्डौं । नेकपा एमालेका सचेतक तथा मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौलाले सामाजिक सुरक्षा कोषको ऐन संसोधनमा सरकारबाले लापरवाही गरेको बताउनु भएको छ ।

योगदानमा आधारीत सामाजिक सुरक्षा कोषको ऐनलाई संसोधन गर्न दफा २९ मा ल्याईएको सामाजिक सुरक्षा कोषको सदस्य मात्रै हुने तथा अध्यक्ष नहुने व्यवस्था गरिएकोमा नेकपा सचेतक वर्तौलाले सरकारले लापरवाही गरेको वताउनु भयो ।

सरकारले ल्याएको केहि नेपाल ऐन संसोधनको शैदान्तीक विषयमा छलफल गर्दै लापरवाही भएको कुरा कानुन मन्त्रालय र कानुन मन्त्रीलाई जानकारी छ कि छैन ? भनि आजको प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्नु भएको छ ।

प्रतिनिधि सभाको बठकमा बोल्दै हिंसात्मक गतिविधि गर्ने समुहहरु अपराधी हुन कि राजनीतिक समुह हुन् ? भन्दै सरकारलाई प्रश्न राख्नु भएको थियो ।

उहाँले भन्नुभयो–‘हामि १७ बर्ष देखि द्वन्दका बिषयहरु र संक्रमणकालिन द्वन्दका घटनालाई टुंगाउनका लागि काम गरिरहेका छौं । सरकारले ल्याएको ऐन संसोधनमा हिंसात्मक गतिविधि गर्नेहरूलाई बचाउनका लागी सरकार आफै राजनितीक समुहको आवरण दिएर संशोधन लेराइरहेको छ ।’ सरकारको आयु संग जोडेर जब यस्ता घटनालाई हेर्न खोज्छस त्यतिबेला हाम्रो बिधिको शासन, लोकतन्त्र, मानव अधिकार कहाँ पुग्छ ? त्यसर्थ, यो बिषयलाई गम्भिरताका साथ लिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*