पूर्वाधार विकास समिति राप्रपालाई, मकवानपुरका सांसद दिपक सिंह बन्ने भए सभापति
हेटौंडा । सत्ता गठबन्धन र प्रतिपक्षको भागबन्डाबाट छुटेको राप्रपाले प्रतिनिधिसभाको पूर्वाधार विकास समिति पाउने भएको छ । सत्ता र प्रमुख प्रतिपक्षले यसअघि संसदीय समितिमा आ-आफूले मात्र भागबन्डा गरेर रास्वपा र राप्रपालाई छुटाएका थिए ।
यसअघि माओवादीले लिने भनिएको पूर्वाधार विकास समिति राप्रपालाई दिने निर्णय भएको छ । माओवादी सांसद माधव सापकोटाका अनुसार माओवादीको भागमा परेको समिति राप्रपालाई दिने निर्णय भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा संसदीय समितिकाे सभापतिमा उम्मेदवारी दर्ता गरेकाे छ । आइतवार सिंहदरबारमा राप्रपाका तर्फबाट पूर्वाधार विकास समितिकाे सभापतिमा मकवानपुरका सांसद दीपक सिंहले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन हुनुहुन्छ ।






