प्रधानमन्त्री उपचारका लागि बिहीबार सिंगापुर जाँदै

जनपत्र
३ भाद्र २०७६, मंगलवार ०६:३१

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी १० दिनसम्म स्वास्थ्य उपचार गराएर अघिल्लो सोमबार स्वदेश फर्केको भए पनि फेरि जान लागेका हुन् । केही औषधी सेवन र थप परीक्षणका लागि उनलाई यसअघि नै चिकित्सकले उतै बस्न आग्रह गरेको भए पनि उनी पार्टीको केही काम सक्नैपर्ने भन्दै स्वदेश फर्किएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

उपचारपछि उनी स्वदेश फर्किएलगत्तै उनले पार्टीमा लामोसमयदेखि टुंगो लाग्न नसकेका काम टुंग्याएका छन् । पार्टीको सचिवालय बैठक बसी विभिन्न नेताहरुको जिम्मेवारी पनि हेरफेर गरिएको थियो भने विभागलाई पूर्णता दिइएको छ । त्यस्तैगरी जनवर्गीय संगठनको संयोजक र सहसंयोजक पनि बनाइएको छ । प्रधानमन्त्री ओलीले स्वदेश फर्केपछि आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको बताउँदै चिकित्कसले आफूलाई २०–२५ वर्ष बाँच्ने बताएको धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*