हेटौंडाका १९० जना डेंगुका बिरामी अस्पतालबाट घर फर्किए
हेटौंडा । हेटौंडामा देखा परेका मध्य १ सय ९० जना डेंगुका बिरामीलाई निको भएको छ । हेटौंडामा मात्र बितेको साउन १० गतेदेखिबाट २ सय ३० जना डेंगुका बिरामी देखा परेका थिए । ती मध्यमा एक सय ९० जना बिरामी बिशेक भईसकेको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । डेंगु लागेर हेटौंडामा सबै भन्दा पहिले बिरामी पर्नु भएका हेटौंडा अस्पतालका डाक्टर हरि खड्का भन्नुहुन्छ–‘मलाई पनि डेंगु लागेको हो । मैले त्यही अनुसार उपचार र आराम गरेकाले चाडै बिसेक भयो । डेंगु लागिहालेमा बिशेक हुन्छ यसमा आतिनुपर्ने छैन ।’
हेटौंडाका बिभीन्न वडामा देखा परेका डेंगु लागेका ४० जना बिरामी मात्र अहिले हेटौंडा र भरतपुरका बिभीन्न अस्पतालमा उपचार गराईरहेका छन् । सबै भन्दा बडी बिरामी हेटौंडा अस्पतालमा १२ जना, भरतपुर अस्पतालमा १० जना, हेटौंडाका बिभीन्न निजी अस्पतालमा १० जना केही बिरामी डाक्टरको निगरानीमा अरु केही बिरामी सम्पर्कमा रहेको उपमहानगरपालिकाका स्वास्थ्य साखाका प्रमुख कार्कीले जानकारी दिनुभयो ।
डेंगु धेरै बिरामीमा देखा परेपनि एकै पटक जनचेतना जगाउने काम गरिएको र डेंगु बस्ने, लार्भा र प्युपाको वास स्थान नष्ट गरेकाले बिरामी धेरै बढ्न नदिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । हेटौंडाको वडा नम्बर ४ मा मात्र ९० जनामा डेंगु देखा परेको छ । यसमा चेतना जगाउने काम संगै डेंगुको वास स्थान सर्च एण्ड डिस्टोयनै सबै भन्दा महत्वपूर्ण काम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
हेटौंडाका १९ वटै वडाको हरेक टोलमा डेंगुको बारेमा जनचेतना जगाउने काम संगै सेना, प्रहरी, नगरप्रहरी, स्वास्थ्यकर्मी, स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागितामा साउन १० गते देखि डेंगुको लार्भा र प्युपा नष्ट गर्ने अभियान निरन्तर जारी राखिएको मेयर महतले बताउनुभयो ।