अर्को दशैंमा ‘ए मेरो हजुर ४’, सुहानाको जोडी अनमोल नहुने

जनपत्र
३ भाद्र २०७६, मंगलवार ०६:२६

फिल्म प्रदर्शनका लागि दशैं उपयुक्त मानिन्छ । लामो विदा हुने हुँदा फिल्मलाई लगानी उठाउन गाह्रो हुँदैन । त्यसैले त दशैंमा फिल्म प्रदर्शन गर्न निकै ठूलो राजनीति हुने गरेको छ । केही वर्षयता दीपकराज गिरी र अशोक शर्माको कब्जामा रहेको दशैं विदा अर्को वर्षबाट थप बाँडिने भएको छ । २०७७ को दशैंमा सुपरहिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिज प्रदर्शन हुने भएको छ ।
मिति नतोकिए पनि निर्माता सुनिल कुमार थापाले अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने फाइनल भएको बताए । अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गर्ने फिल्मको मंसिरबाट छायांकन सुरु हुने जानकारी प्राप्त छ । अहिले निर्देशक थापा गत वर्षको ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि विदेशी भूमिमा छिन् । उनको साथमा अभिनेत्री सुहाना पनि छिन् ।
‘ए मेरो हजुर ४’ भन्दा अगाडि झरनाले वर्षौदेखि दराजमा थन्किएर बसेको ‘भागवात गीत’ को स्क्रिप्टमा काम गर्ने सोचमा थिइन् । तर, अभिनेता अनमोल केसीले हालै आठौं फिल्मको रुपमा होम प्रोडक्सनको ‘एन्टी हिरो’ गर्ने निधो गरेपछि ‘भागवात गीत’ तत्काल नबन्ने भएको हो । तर, अझै अनमोल र झरनाबीच समय व्यवस्थापनको विषयमा कुराकानी भइरहेको निर्माता थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*