सर्वाधिक लामो दाह्री बनाएर महिलाले राखिन् विश्व कीर्तिमान

जनपत्र
६ भाद्र २०८०, बुधबार ०६:४२

पुरुषहरुले दाह्री जुँगा पालेर अनेकथरी रेकर्ड कायम गर्नु स्वभाविकै हो । तर अमेरिकामा भने एकजना महिलाले लामो दाह्री पालेर गिनिज बुकमा नाम लेखाएकी छिन् ।

३८ वर्षकी एरिन हनिकट अमेरिकाको मिशिगनमा बस्छिन् । गिनिज वर्ल्ड रेकर्डस्का अनुसार हनिकटले दुई वर्षको अवधिमा ११.८१ इन्च लामो दाह्री बनाएर विश्व कीर्तिमान कायम गरेकी हुन् । विश्वकै सबैभन्दा लामो दाह्री भएकी महिलाको रुपमा उनको नाम गिनिज बुकमा दर्ज भएको छ ।

यो सँगै उनले ७५ वर्षीया भिभियन ह्वीलरको रेकर्ड भंग गरेकी छिन् । भिभियनको दाह्री १०।०४ इन्च लामो थियो ।

समाचार अनुसार हनिकटको दाह्री पूर्णरुपमा प्राकृतिक हो र दाह्री बढाउनका लागि उनले कुने हर्मोन वा सप्लिमेन्ट लिएकी छैनिन् ।

हनिकटलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम नामक रोग छ । जसका कारण उनका दाह्रीजुँगा पलाएका हुन् । वास्तवमा हर्मोनको असन्तुलनका कारण यो स्वास्थ्य समस्या पैदा हुन्छ । यसले महिलामा अनियमित रजश्वला, शरीरमा अनावश्यक रौँ पलाउने, वजन बढ्ने जस्ता समस्या देखा पर्दछन् ।

एरिक १३ वर्षकी छँदादेखि नै उनको अनुहारमा दाह्रीजुँगा पलाउन सुरु गरेका थिए । त्यसबाट छुटकारा पाउनका लागि उनले खौरने तथा वाक्सिंग गर्नेलगायतका अनेक उपाय अपनाइन् । उनले दिनमा तीन पटकसम्म खौरिने गर्थिन् । आफ्नो किशोरावस्था देखि यौवनावस्थासम्मै उनले यस्तो जारी राखिन् ।

तर उच्च रक्तचापका कारण भएको स्ट्रोकले आँखाको ज्योति आंशिक रुपमा गुमेपछि उनको जीवनको नयाँ मोड सुरु भयो । त्यसपछि उनले आफ्नो शरीर तथा आफ्नो विषम परिस्थितिलाई स्वीकार गर्ने अठोट गरिन् अनि आफ्नो दाह्री खौरिन छाडेर बढ्न दिइन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*