यूईएफए प्लेअफ अफ दि इअरको मनोनयनमा मेसी, हालान्ड र डे ब्रुएना

जनपत्र
१ भाद्र २०८०, शुक्रबार ०६:१९

लिओनल मेसी, एर्लिङ हालान्ड र केभिन डे ब्रुएना यूईएफए प्लेअर अफ दि इअरको मनोनयनमा परेका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार सार्वजनिक गरेको मनोनयनमा म्यानचेष्टर सिटीबाट फरवार्ड हालान्ड र मिडफिल्डर डे ब्रुएनासँगै केही समयअघि मात्र अमेरिकन क्लब इन्टर मायामीमा अनुबन्ध भएका मेसी समावेश छन् ।

गत सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेलेका मेसीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधि जिताएका थिए । हालान्ड र डे ब्रुएनाले म्यानचेष्टर सिटीलाई ट्रेबल उपाधि जिताउन भूमिका खेलेका थिए ।

यूईएएफए टेक्निकल स्टडी ग्रुपले २०२२र२३ मा क्लब र राष्ट्रका लागि गरेको प्रदर्शनका आधारमा खेलाडीहरुको सूची तयार गरेको थियो ।

त्यसमा जुरीहरुले अन्तिम मनोनयन तयार पारेका हुन् । जुरीमा २०२२र२३ मा युरोपियन च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फेरेन्स लिग खेलेका क्लबका प्रशिक्षक, युइएफए सदस्य राष्ट्रका प्रशिक्षक र युरोपियन स्पोर्ट्स मिडियाको छनोट भएका पत्रकारहरु समावेश थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*