अझैपनि न्याय पाउने तरिका ढिलो छ–मन्त्री जमकट्टेल

जनपत्र
१ भाद्र २०७६, आईतवार १७:१७

हेटौंडा । मुलुकी संहिताहरु कार्यान्वयनको एक वर्षका अवसरमा आज हेटौंडामा मुलुकी संहिता दिवस २०७६ को कार्यक्रम गरिएको छ । कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय तथा प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजानमा मुलुकी संहिताहरु कार्यान्वयनको एक वर्षको समिक्षात्मक अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले पहुँच नभएका, अन्यायमा परेका पीडितहरुका लागि कानून चाहिने बताउनुभयो । कुनैपनि पीडितका निम्ति राज्यको त्यहाँ उपस्थिती हुनुपर्ने बताउनुभयो । कानूनको नजरमा सबै वरावर हुनुपर्ने उहाँले बताउनुभयो । अझैपनि न्याय पाउने तरिका ढिलो भएकोमा गुनासो गर्दै उहाँले भन्नुभयो–‘सरकारका निकायहरु भनेको अन्यायमा परेकालाई न्याय दिने हो । व्यावस्था फेरिए पनि हाम्रो संस्कार फेरीएको छैन ।’

काम गर्ने कार्यशैलि नफेरीए सम्म जस्तो कानून बनाए पनि केही नहुने उहाँले बताउनुभयो । सरकारी क्षेत्रमा काम गर्नेहरु सामाजिक बिषय संग भिज्नुपर्ने बताउनुभयो । प्रदेशका स्थानीय तहमा आफुहरुले कानूनी सहजिकरणका लागि सजिलो बनाउन सहजकर्ता राखेको मन्त्री जमकट्टेलले बताउनुभयो ।
कानून, न्याय तथा संसदिय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले यही सुझाव संकलन गर्ने कार्यक्रम आज र भोली गरेर देशका सात वटै प्रदेशमा गर्न लागिएको बताउनुभयो । फैसला कार्यान्वयनमा स्थानीय तहले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालत मकवानपुरका न्यायधिशहरु सिता शर्मा अधिकारी र दिलरत्न श्रेष्ठले मुलुकी संहिताहरु कार्यान्वयनको एक वर्षको प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरण माथी प्रदेश ३ का मुख्यन्यायधिबक्ता ओम प्रसाद थपलीयाले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरु प्रहरी, अधिवक्ता, सरकारी कार्यालयका प्रमुखहरु, स्वास्थ्यकर्मी लगायतकाले मुलुकी संहिताहरु कार्यान्वयनको एक वर्षमा परेका समस्या र सुधार गर्नुपर्ने बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा उच्चअदालत पाटन हेटौंडा इजलासका न्यायधिशहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*