अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालकी काजललाई रजत पदक

जनपत्र
३० श्रावण २०८०, मंगलवार ०६:५४

। नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जितेकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा आठौं दाइजन एमबीसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ग्योरोगी महिला ४९ केजी तौल समूहमा रजत जितेकी हुन् । ए क्याटेरीको सिनियर यस प्रतियोगिताको फाईनलमा उनी कोरियन खेलाडीसँग पराजित भइन् ।

काजलले केही समयअघि अजरवैजानको बाकुमा भएको विश्व तेक्वान्दो च्याम्पियनमा प्रतिस्पर्धा गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*