वनमा जथाभावि रुपमा कर लगाएकाले वन ऐन खारेज गरिनुपर्छ–बागमती प्रदेश सांसद पाठक

जनपत्र
२७ श्रावण २०८०, शनिबार १८:३२

हेटौंडा । नेकपा एमालेका बागमती प्रदेश सभाका सदस्य भारती पाठकले वनमा जथाभावि रुपमा कर लगाएकाले वन ऐन खारेज गरिनुपर्ने वताउनु भएको छ । आज दिउसो मकवानपुरका सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रदेश र संघीय सरकारको कर वनका उपभोक्ताहरुका लागि धेरै लगाइएको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा वन बिभागका प्रमुख समेत रहनु भएका पाठकले मुलुकमा सामुदायिक वनबाट १५ करोड क्युफिट वनपैदावार उत्पादन क्षमता रहेको तर, कटान गर्न नदिएको बताउनुभयो । सामुदायिक वनलाइ वागमति प्रदेशले काठ विक्रि वितरणमा २० प्रतिशत, स्थानियले १० र संघले समेत कर लगायको अवस्थामा वन ऐन खारेज गरे हुने बताउनुभयो । जताभावि वनमा कर लगाएको पाईएकोले सामुदायिक वनले काम गर्ने वातावरण नै नरहेको उहाँले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघका निवर्तमान अध्यक्ष समेत रहनु भएका पाठकले वाढि पहरोले ढालेको रुख त मुचुल्का गरेर निकालेर व्यवस्थापन गरे हुनेमा वन विभागका निर्दैशकको स्वीकृति विना उठाउन नपाउने कानुन भएकाले थप समस्या परेको बताउनुभयो ।

यसैगरी अहिलेको वर्षायामको समयमा हुने आकस्मिक घटनाहरुको लागि प्रदेश सरकारसंग हालसम्म स्टोरको व्यवस्थापन नरहेको सो सम्बन्धमा ध्यान दिन जरुरि रहेको सांसद पाठकले बताउनुभयो । यसरी सरकार अनुदार हुनु जनताको लागि घाटा रहेको लगायका कुराहरु व्यक्त गर्नुभयो ।

अहिले प्राकृतिक घटनाहरु भईरहेका छन तर संसदमा यस्तोे कुरा उठ्न पर्नेमा संसद नै नबसेकोले पार्टिगत रुपमा तुरुन्त संसद वोलाउन आग्रह समेत गर्नुभयो । सरकारले समसायिक कतिपय घटनाको मध्यनजर गरि तुरुन्त सम्वोधन गरिनुपर्ने बताउँदै उहाँले भन्नुभयो–‘ संसदले अनुगमन तथा जिम्मेवारी वाडफाड गरिनुपर्ने देखिएको छ । युवाहरुका विषयमा कार्यक्रम गर्ने युवा परिषदको मात्र नभइ सम्पुर्ण व्यक्तिको रहेकोले युवा सम्वन्धि अन्तर्राष्ट्रिय मुद्दाहरुमाा सरकारले ध्यान दिन जरुरि रहेको छ । बेैदेशिक रोेजगारिका लागि जाने भन्दा वाहेक अन्य कुरामा सोच्दै नसोच्ने अवस्था रहेको अवस्थामा नेपाली युवाहरुलाइ कसरि माटोसंग साक्षातकार गर्ने सो वारे सोच्न आवस्यक रहेकोे छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*