मकवानपुरमा कृषि औजार कारखाना निर्माण गर्न जग्गा खोजी

किसानका लागि धान, मकै, गहुँ र तरकारी खेति गर्न आधुनिक कृषि औजार निर्माण गर्ने उद्योग खोल्नका लागि जग्गाको खोजी भईरहेको हो ।
हरि हुमागाईं
३२ श्रावण २०७६, शनिबार १०:२६

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले मकवानपुर जिल्लामा कृषि औजार कारखाना निर्माण गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षमा बजेट समेत छुट्याएर मकवानपुर सहितका प्रदेशका १३ वटै जिल्लाका किसानहरुलाई सस्तो र सुलभ मुल्यमा कृषि औजार उपलब्ध गराउने उदेस्यले कारखानाको स्थापना गर्न लागेको हो ।

प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि चाहिने औजार भारतबाट खरिद गरेर ल्याउँदा महगो भएकाले आफ्नै प्रदेशमा पनि कृषि औजार निर्माण गर्न सकिन्छ भन्ने उदेस्यले कृषि औजार कारखाना स्थापनाका लागि अग्रसर भएको हो । मकवानपुरमा कृषि औजार कारखाना स्थापनाका लागि जग्गाको खोजी कार्य भईरहेको प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिनुभयो । सकेसम्म हेटौंडा औद्योगिक क्षेत्रमा कारखानाको स्थापना गर्ने तयारी छ । जग्गा प्राप्त हुन नसकेमा मात्र अन्यत्र जग्गाको खोजी गरेर निर्माण गर्न लागिएको हो ।

प्रदेश सरकार आफैले सबै काम गर्ने भन्दा पनि निजी क्षेत्रसंगको साझेदारीमा यो काम गर्न लागेको हो । चालु आर्थिक वर्षमा कृषि औजार कारखानाका लागि मन्त्रालयले २ करोड रुपैयाँ छुट्याएको बताउँदै मन्त्री लामाले भन्नुभयो–‘यो प्रदेश सरकारको बहु बर्षिय योजना हो । हरेक वर्ष दुई करोड रुपैयाँ सहयोग गर्ने गरी हामी २५ करोड रुपैयाँ सम्म सहयोग गर्न सक्छौ । यसका लागि पहिले जग्गा खोज्दै छौ । जग्गा पाएपछी बल्ल कृषि औजार कारखाना खोल्ने तयारी हुन्छ ।’

प्रदेश ३ मा कृषि क्षेत्रमा आधुनिकीकरण ल्याउनका लागि प्रबिधिका माध्यमले मात्र संभव भएको बताउँदै उहाँले भन्नुभयो–‘कृषिमा आधुनिकिकरण ल्याउका लागि प्रबिधिको आवस्यक्ता पर्छ । हामी संग प्रबिधि छैन । अन्य देशबाट भित्रीएका प्रबिधि महगो पर्छ, उपयुक्त नहुन सक्छ । त्यसैले पनि आफैले कृषि औजार निर्माण गर्ने तयारीमा लागेका हौं ।’

प्रदेशका किसानलाई धान काट्ने, रोप्ने, चुट्ने, गहुँ, मकै खेति गर्न पनि कृषि औजारका माध्यमले सहज हुने खालका औजार उत्पादन गर्ने कारखाना निर्माण गर्न लागिएको मन्त्री लामाले जानरकारी दिनुभयो । मेसिनका माध्यमले किसानले एकैपटक थोरै जनसक्तिमा धेरै उत्पादन लिन सक्ने सामान उत्पादन गर्ने गरी कारखाना निर्माण गर्ने तयारीमा प्रदेश सरकार लागेको हो ।

कृषिमा आधुनिकिकरण हुन नसक्दा धेरै युवा आफ्ना खेत, बारी बाजो राखेर बिदेस पलाएन हुँदे आएका छन् । खेत, बारी धेरै छन् । तर, युवा बिदेस जाने, महिला, बृद्धबृद्धा मात्र घरमा बस्ने सबै खेतबारी बाझै राख्ने चलन छ । कृषि औजारका माध्यमले खेत, बारीमा सहज रुपमा खेति गर्न किसानलाई प्रोत्साहित गर्ने उदेस्यले प्रदेश सरकारले कृषि औजार कारखाना आफ्नै प्रदेशमा खोल्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*