भूमिहीनका लागि लालपुर्जा माग गर्दै प्रदेश ३ मन्त्रालयमा ज्ञापनपत्र

जनपत्र
३२ श्रावण २०७६, शनिबार ०७:३४

हेटौंडाः सबै भूमिहीन, अव्यवस्थित सुकुम्बासीलाई लालपुर्जा दिनुपर्ने माग उठेको छ। नेपाल बसोबास बस्ती संरक्षण समाजले प्रदेश ३ को मन्त्रालयमा ध्यानाकर्षण गराएको हो। शुक्रबार समाजको केन्द्रीय अध्यक्ष लड्डु खड्काको नेतृत्वमा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन्।

नेपाल बसोबास बस्ती संरक्षण समाजले २०७२ असोज अघि बसोबास गरेका सबै भूमिहीनलाई देशभरि नै एकै साथ श्रेस्ता कायम गरी लालपुर्जा दिनुपर्ने माग गरेको हो। यस्तै समाजले सुकुम्बासी समस्या समाधान आयोगको नाम परिवर्तन गरेर लालपुर्जा वितरण आयोग नाम राख्न पनि माग गरेको छ।

बस्ती बसिरहेकोक गुठी, वन, विद्यालयल लगायतको क्षेत्रको श्रेस्ता संशोधन गरि नयाँ सिमाना कायम गरि लालपुर्जाको व्यवस्था गर्नुपर्ने समाजका प्रदेश ३ संयोजक छविलाल देवकोटाले बताएका छन्। समाजकोे नेतृत्वमा आएको टोलीले केही बेरे प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको प्राङ्गणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए। थाहा खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*