मुस्ताङमा एक फ्रान्सेली महिलाको मृत्यु

जनपत्र
३२ श्रावण २०७६, शनिबार ०६:४५

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा बिहीबार एक फ्रान्सेली महिलाको मृत्यु भएको छ। उपल्लो मुस्ताङको विकट गाउँ छोसरको भ्रमण गरेर फर्किदै गर्दा ६२ वर्षीया फ्रान्सेली नागरिक जोसेलिन जिउन्सको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमनसिह रजालीले जानकारी दिए।

सातजना फ्रान्सेली र तीनजना नेपाली पथप्रदर्शक रहेको उक्त भ्रमण टोली उपल्लो मुस्ताङको एक साता लामो भ्रमण सकेर छुसाङ फर्किएको हो। छुसाङस्थित भृकुटी होटलमा अकस्मात स्वाथ्य समस्यामा देखिएकी जिउन्सको बिहीबार दिउँसो ४ बजे मृत्यु भएको सूचना अधिकारी रजालीले बताए। अध्यागमन विभाग काठमाडौंबाट उपल्लो मुस्ताङको १० दिने भ्रमणका लागि प्रवेश आज्ञा अनुमतिपत्र लिएर उपल्लो मुस्ताङ प्रस्थान गरेको हो। उनीहरु बुधबार छुसाङमै बाँस बस्न पुगेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*