दुई दशकपछि फेरि बन्दै ‘हामी तीन भाई’, सुरु भयो छायांकन

जनपत्र
२१ श्रावण २०८०, आईतवार ०८:०४

मधुसुदन भट्टराईको निर्देशनमा फिल्म ‘हामी तीन भाई’को छायांकन सुरु भएको छ । शुक्रबार स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गर्दै मकवानपुरस्थित चित्लाङबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको छायांकन सेड्युल एक महिनाको रहेको निर्देशक भट्टराईले जानकारी दिए । पारिवारिक प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्मको प्रस्तुतकर्तामा साजित महत रहेका छन् ।

निर्देशक भट्टराई स्वयंको कथा रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, फलित राई, बिष्णु सापकोटा ९हर्के हवल्दार०, यादव देवकोटा ९सरापे०, भुवन कुमार काफ्ले, पवन केसी, नयन कला फुयाँल, अन्जु हमाल, विकास चापागाई, सुष्मा निरौला, तारा शर्मा र बाल कलाकारमा एलेक्स खड्काको अभिनय रहनेछ ।

प्रसिद्धि सिने आट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह(निर्मातामा छन् । त्यस्तै, विशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । शिवम् अधिकारीको पटकथा र संवाद रहेको फिल्मको छायाँकार शिव ढकाल हुन् । फिल्ममा एसबी सापकोटाले संगीत दिनेछन् ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, एलिस कार्कीको पार्श्व संगीत, मुकेश शाहको मिक्सिङ, समिर मियाँको भीएफएक्स र बनिष शाहको सम्पादन रहनेछ । दुई दशक अगाडि स्वर्गीय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाई’ नाममा फिल्म बनाएका थिए, जुन त्यसबेला सुपरहिट भएको थियो । अब यो फिल्मको साख जोगाउनुपर्ने चुनौती मधुसुदनलाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*