‘मिशन मंगल’ : अक्षयको करिअरको ठूलो ओपनर

जनपत्र
३२ श्रावण २०७६, शनिबार ०६:१६

भारतको स्वतन्त्रता दिवस र रक्षाबन्धनको दिन प्रदर्शनमा आएको अक्षय कुमार, विद्या बालन, तापसी पन्नी र सोनाक्षी सिन्हा अभिनीत फिल्म ‘मिशन मंगल’ बक्सअफिसमा ट्रेड एनालिस्टको अनुमानभन्दा खरो उत्रिएका छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै २९ करोड १६ लाख कमाउँदै बम्पर ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन २३ देखि २५ करोड कमाउने अनुमान गरिएको छ ।
यो कमाईसँगै ‘मिशन मंगल’ अक्षय कुमारको करिअरको सबैभन्दा ठूलो ओनपर फिल्म बनेको छ । पहिलो दिन ओपनिङको मामिलामा यो फिल्म वर्षको दोस्रो सबैभन्दा ठूलो फिल्म पनि बन्न सफल भएको छ । पहिलो नम्बरमा सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ छ, जसले पहिलो दिन नै ४२ करोड ३० लाखको व्यापार गरेको थियो । दोस्रो नम्बरमा ‘कलंक’ २१.६० लाई उछिन्दै ‘मिशन मंगल’ आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*