हेटौंडामा मामाघर नेपालको भवन निर्माण

२ करोड २५ लाख रुपैयाँ लागतमा २१ वटा कोठा निर्माण गरिएपछी सडक बालकलाई बस्न सहज भएकोे छ ।
जनपत्र
३१ श्रावण २०७६, शुक्रबार ०९:०८

हेटौंडा । हेटौंडा ११ डाङडुङ्गेमा मामाघर नेपालको भवन निर्माण गर्ने काम सकिएको छ । सडकबालकहरुलाई आश्रय दिदै आएको मामाघर नेपालको आफ्नै भवन निर्माण भएको हो । कोठा भाडामा लिएर आश्रय दिदै आएको सडक बालकहरु अव भने आफ्नै भवनमा बस्न पाउने भएका छन् ।

दुई करोड २१ लाख रुपैयाँ लागतमा मामाघर नेपालको भवन निर्माण गरिएको हो । यस भवनमा हल, भान्सा सहित २१ वटा कोठा निर्माण गरिएको मामाघर नेपालका प्रमुख संरक्षक अर्पण पराजुलीले बताउनुभयो । यस भवनमा अव एक सय जना सम्म सडक बालबालिका राख्न सकिने छ ।

भवन निर्माण गर्नका लागि स्पेनीस संस्था फण्डाकेसन हेरेज, हेटौंडा उपमहानगरपालिका, तत्कालिन जिल्ला बिकास समिति मकवानपुर, सांसद बिकास कोष, स्थानीय ब्यक्ति तथा संघसंस्थाको सहयोगमा निर्माण गरिएको पराजुलीले जानकारी दिनुभयो । भवन निर्माण गर्नका लागि एक ब्यक्ति एक ईट्टा अभियानबाट पनि सहयोग जुटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*