मकवानपुरको मनहरीमा चार दिने स्वास्थ्य शिबिर, ११ सय जनाको उपचार

जनपत्र
३१ श्रावण २०७६, शुक्रबार ०७:४२

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर ८ सिमपानीमा सञ्चालन गरिएको चार दिने स्वास्थ्य शिविरमा एक हजार १ सय जनाले उपचार गराएका छन् । ग्लोवल फाउन्डेसन फर अल फाउन्डेसन नेपालको आयोजनामा कोरीयाको केन्याम युनिभसिटीका शिक्षक र बिद्यार्थीले मनहरीमा आएर निशुल्क उपचार र औषधि बितरण गरेका हुन् । चार दिन सम्मको कार्यक्रममा थेरापी गर्ने, आँखा जाँच लगायत सबै खालका उपचार गरेको फाउन्डेसनका नेपाल अध्यक्ष उद्धव उप्रेतीले बताउनुभयो ।

मनहरीको महेन्द्र किरण माध्यमिक बिद्यालय प्राबिधिक शिक्षालयको प्राङ्गनमा गरिएको शिबीरमा मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, चितवन जिल्ला, कैलाश, राक्सीराङ गाउँपालिका लगायतका क्षेत्रका बिरामीले उपचार गराएका छन् । कोरीयन डाक्टर सहितको २५ जनाको टोलीलले चार दिन सम्म शिबिर राखेर उपचार गर्दै औषधि बितरण गरेका हुन् ।

उपचार संगै कोरीएनले महेन्द्र किरण माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई कापी, कलम, झोला, खेलकुदका सामाग्री बितरण गरेका हुन् । कार्यक्रमको समापनका अवसरमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले कोरीयादेखि आएर आफ्नो गाउँक्षेत्रमा बिरामीको उपचार गर्दै औषधि बितरण गर्नुभएकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । कोरीयनहरुले आफ्नै ब्यक्तिगत पैसा खर्च गरेर शिबीर राख्दै बिरामीको उपचार गर्नु अत्यन्त सहयोगि भावना रहेको बताउनुभयो ।

मनहरीका युवाहरुलाई कोरीया गएर कृषि प्राबिधिक पढ्नका लागि वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा ग्लोवल फाउन्डेसन फर अल फाउन्डेसन नेपालका उपाध्यक्ष शिद्धीलाल श्रेष्ठले कोरीएनको डाक्टरको टिमलाई मनहरीमा ल्याएर शिबीर राख्नका लागि आफुहरु माध्यम बनेको बताउनुभयो । मनहरीमा बिद्यालय निर्माण, छात्राबास निर्माण लगायतका काम कोरीएनबाट भएको बताउनुभयो । आफुले पहिले बिद्यालय नभएका कारण पढ्न नपाएको गुनासो गर्दै उहाँले अब पढ्नका लागि कुनैपनि समस्या नभएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*