चलचित्र ‘अदृश्य’ सेन्सर पास

जनपत्र
१५ श्रावण २०८०, सोमबार ०८:२९

आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र (अदृश्य) सेन्सर पास भएको छ । चलचित्रले केन्दीय जाँच समितिबाट पिजि सर्टिफिकेट पाएको हो । अब यो चलचित्र हेर्न जाने १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा जानु पर्नेछ ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।

प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रमा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह निर्माता हुन् । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*