निश्चल काले केटाहरुको ब्रान्ड एम्बास्डर : स्वस्तिमा

जनपत्र
१४ श्रावण २०८०, आईतवार ०७:१५

फिल्म ‘पर्व’मा समावेश ‘काले दाई’ गीतमा अभिनेता निश्चल बस्नेतले नृत्य गरेका थिए । यो गीत हिट भएपछि उनलाई प्रायःले ‘काले दाई’को रुपमा सम्बोधन गर्ने गरेका छन् । गीतले भनेजस्तै उनको रुपरंग पनि कालो वर्णको छ । यसैले ‘काले दाई’ गीतमा उनी फिट देखिए । उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्का भने निश्चिललाई काले केटाहरुको ब्रान्ड एम्बास्डरको संज्ञा दिन्छिन् ।

बिहीबार काठमाडौंमा स्वस्तिमा अभिनीत फिल्म ‘ऐंचो पैंचो’मा समावेश ‘काले केटाले’ गीत सार्वजनिक गरिएको थियो । यस गीतमा नृत्य गर्नका लागि निर्देशक कृषा चौलागाईंले निश्चलसँग केही चरण कुरा गरेकी थिइन् । तर, निश्चल आफू निर्देशित फिल्म ‘दिमाग खराब’को छायांकन र पोस्ट(प्रोडक्सनमा व्यस्त भएपछि चर्चित डान्सर एलेक्स विश्वकर्मा ​​९पारस०लाई लिएर गीत खिचिएको थियो ।

‘काले केटाले’ गीतमा निश्चल नहुनुको कारणबारे पत्रकारले सोधेको प्रश्नमा स्वस्तिमाले भनिन्, ‘फिल्मका मुख्य कलाकार गीतमा धेरै नाच्न नमिल्ने भएकाले कोही गेस्ट अपियरेन्स ल्याउने कि भन्ने कुरा हुँदा निश्चललाई लिनेबारेमा कुरा भएको थियो । काले केटा भन्ने वितिक्कै उहाँ एकहिसाबले ब्रान्ड एम्बास्डर भैसक्नुभयो । तर, गीतमा उहाँ निश्चित भैसक्नुभएको थिएन । कुरा मात्र भएको थियो ।’

निर्देशक कृषाले ‘काले केटाले’ गीत निश्चललाई नै समर्पित गरेर बनाएको भनेर बुझ्दा हुने बताइन् । ‘निश्चलजीले ननाँचे पनि यो गीत उहाँको लागि नै समर्पित गरेर बनाएको हो भनेर बुझ्दा हुन्छ । उहाँसँगको भेटमा यो गीत गर्नुपर्छ है भनेर कुरा भएको थियो । तर, उहाँ आफ्नै फिल्मको काममा व्यस्त भएपछि कुरा अघि बढाएनौं,’ उनले भनिन् । ‘ऐंचो पैंचो’ आगामी भदौ १४ गते प्रदर्शन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*