महरेजले गरे साउदी क्लब अहलीसँग तीन बर्षको सम्झौता

जनपत्र
१३ श्रावण २०८०, शनिबार ०६:४५

साउदी प्रो लिग जाने खेलाडीको सूचीमा थप एक खेलाडी थपिएका छन् ।

म्यानचेस्टर सिटीबाट खेलिरहेका अल्जेरियन विंगर रियाद महरेज साउदी क्लब अल अहलीसँग तीन बर्षको सम्झौता गरेका हुन् । अल अहलीले ३२ बर्षिय महरेजका लागि करिब ३९ मिलियन डलर तिरेको बताइएको छ ।

अहलीले यसअघि लिभरपुलबाट खेलिरहेका ब्राजिलियन फरवार्ड रोबेर्टो फिर्मिनो र चेल्सीबाट खेलिरहेका सेनेगलका गोलकिपर एडोउआर्ड मेण्डीलाई भित्र्याइसकेको छ ।

महरेजले सिटीमा पाँच सिजन बिताएर उत्कृष्ट प्रदर्शन गरेका थिए । यस अवधिमा सिटीमा महरेजले २३६ खेल खेल्दै ७८ गोल गरेका थिए । त्यस्तै उनले सिटीका लागिएक च्याम्पियन्स लिग, चार प्रिमियर लिग दुई एफए कप, तीन इएफएल कप र एक कम्युनिटी शिल्ड जितेका थिए ।

त्यसअघि महरेज २०१५(१६ सिजनमा लेस्टर सिटीले प्रिमियर लिग जित्दा महत्वपूर्ण सदस्य थिए ।

यसअघि गत जनवरीमा क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएपछि अहिलेसम्म करिम बेन्जमा, एन्गोलो कान्टे, रोबेर्ट फिर्मिनो, रुबेन नेभेज, एडोउआर्ड मेण्डी, जोर्डन हेण्डरसन जस्ता खेलाडी साउदी लिगमा पुगिसकेका छन् । त्यस्तै अझै कैयौं खेलाडी जानेक्रममा रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*