महिला विश्व कप फुटबलमा इङ्ल्यान्डले डेनमार्कलाई हरायो
फिफा महिला विश्व कप फुटबलमा इङ्ल्यान्डले डेनमार्कलाई हराएको छ । सिड्नीको एलिनाज स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले डेनमार्कलाई १–० गोलले हराएको हो ।
इङ्ल्यान्डकी लाउरेन जेम्सले छैटौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै इङ्ल्यान्ड ६ अङ्ककासाथ समूह (डी) को शीर्ष स्थानमा छ । तीन अङ्क रहेको डेनमार्क दोस्रो स्थानमा छ ।







