मुहूर्तसँगै ‘रिजन अफ रिया’ को छायांंकन सुरु

जनपत्र
३१ श्रावण २०७६, शुक्रबार ०६:१७

मिलन आले मगरको निर्देशनमा फिल्म ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । बिहीबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ साइतमा फिल्मका मुहूर्त गरियो । मुहूर्तसँगै फिल्मको बिहीबारबाटै छायांकन सुरु भएको छ । धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा यो फिल्म निर्माण हुन लागेको हो ।
नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् । काठमाडौं र मुस्ताङका विभिन्न सुन्दर स्थानमा फिल्म खिचिने निर्देशक मिलनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*