‘हजार जुनीसम्म’ लाई ‘मिशन मंगल’ र ‘बाटला हाउस’ थ्रेट !

जनपत्र
३१ श्रावण २०७६, शुक्रबार ०६:१७

पालमा नेपाली फिल्म चारवटा मुख्य पर्व (दशैं, तिहार, तीज र नयाँ वर्ष) बाहेक अरू बेला शुक्रबार मात्र रिलिज गर्न पाइने नियम छ । तर, मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ भने रक्षा बन्धनको अवसरमा बिहीबारबाटै प्रदर्शनमा आएको छ । यसअघि चलचित्र विकास बोर्डले शुक्रबार मात्रै प्रदर्शन गर्ने पर्ने अडान राख्दा संसारभर बुधबार प्रदर्शनमा आएको बलिउड फिल्म ‘कलंक’ नेपालमा शुक्रबार प्रदर्शन भयो । नेपाली फिल्मलाई भने बोर्डले अंकुश लगाउन सकेन ।
एकदिने विदा खाने लोभले ‘हजार जुनीसम्म’ ले बिहीबार (साउन ३०) आउने घोषणा गरेको थियो । तर, सरकारले यस वर्ष रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छैन । फिल्मलाई विदा निकै महत्त्वपूर्ण रहन्छ । विदामा फिल्मको व्यापार निकै राम्रो हुने गर्छ । यो फिल्मलाई अब शनिबारको विदाको पखाई छ । यस फिल्ममाथि खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा राखिएको छ । फिल्मका निर्देशक विकासराज आचार्य हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*