श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गराएरै छाड्छौ –मन्त्री जमकट्टेल
हेटौंडा । प्रदेश ३ आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने पक्षमा आफहरु रहेको बताउनुभएको छ । आफु सधै श्रमजिवी पत्रकारको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो–‘श्रमजिवी पत्रकारको अहित हुने काम म बाट हुँदैन ।’ प्रदेश नम्बर ३ को सञ्चार रजिष्ट्रार कार्यालयले आयोजना गरेको पत्रकारहरुको लागि सिएमआईएस सफ्टवेयर सञ्चालन र आवेदन प्रक्रियाबारे छलफल कार्यक्रममा बोल्दै उहाँले सूचना बिभागले प्रदेश सरकारलाई मिडियाहरुको अभिलेख नदिदा समस्या भएको बताउनुभयो । श्रमजिवी पत्रकारऐन मिडिया हाउसले लागू गर्नै पर्ने उहाँले बताउनुभयो।
सफ्टवेयरको विषयमा बोल्दै उहाँले यो रजिष्ट्रारले प्रदान गर्ने प्रेस पास हाल सम्म स्वतन्त्र पत्रकारहरुलाई मात्र प्रदान गरेको बताउनुभयो । अब प्रदेशको सबै जिल्ला जिल्लामा यस सफ्टवेयरको बारे जानकारी दिदैं सहजता प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले प्रदेश ३ का पत्रकार प्रदेश सरकारको काम कारवाहीलाई सकारात्मक रुपले सहयोग गर्दै आउनु भएको छ । हामी अझ सहज होस, भनि पत्रकारहरुलाई क्षमता वृद्धि गर्न र हकहितमा सरकार लाग्ने समेत उनले बताउनुभयो ।
मन्त्री जमकट्टेलले संघीय सरकार संविधान विरुद्ध लागि रहेको आरोप लमा संघिय सरकार संबिधान बिपरित गएको बताउनुभयो । संसदमा पेश भएको यातायात प्रणालीको विषयमा बनेको विधेयक प्रति आफु असन्तुष्ठ रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जेष्ठ पत्रकारहरुलाई पेन्सनको व्यवस्था गरि कार्यक्रमको योजना तयार हुदैं गरेको बताउनुभयो । सञ्चार रजिष्ट्रार कार्यालयले अबका दिन जेष्ठलाई पेन्सन, महिलालाई क्षमता अभिवृद्धि गर्ने काम सुरु गर्ने तयारी रहेको बताउनुभयो ।
उहाँले विपदको समयमा समाचार संकलन गर्न जादाँ पत्रकारलाई व्याग सहित ल्यापटप सहित आधारभुत आवश्यक पर्ने सामान पत्रकार महासंघ मार्फत उपलब्ध गराउने योजना रहेको बताउनुभयो । सुरुवातमा ६ जिल्लाबाट सुरु गरि १३ वटै जिल्लामा सो काम गरिने बताउनुभयो । प्रत्येक जिल्लालाई दुई सेट सामान उपलब्ध गराउने तयारी रहेको रजिष्ट्रार सापकोटाले बताउनुभयो । उहाँले प्रदेश ३ मा प्रविधिमैत्री रुपले काम सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ठ, जिल्ला अध्यक्ष हरि हुमागाई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।