प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

जनपत्र
१० श्रावण २०८०, बुधबार ०७:३७

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ ।

त्यस्तै राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*