महिला विश्वकप फुटबलमा आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्ड खेल्दै

जनपत्र
१० श्रावण २०८०, बुधबार ०७:२७

फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्डबीच खेल हुनेछ ।

आज हुने पहिलो खेलमा समूह ‘सी’ का जापान र कोस्टारिका नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल्दैछन् ।

त्यस्तै अर्को खेलमा समूह ‘सी’ कै स्पेन र जाम्बियाबीच दिउँसो सवा एक बजे खेल हुनेछ ।

आज हुने अर्को खेलमा बेलुका पौने ६ बजे समूह ‘बी’ का क्यानडा र आयरल्याण्ड खेल्नेछन् ।

हिजो भएको खेलमा कोलम्बिया र फिलिपिन्स विजयी भएका छन् । स्विट्जरल्यान्ड र नर्वेले भने गोलरहित बराबरी खेलेका छन् ।

महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*