मकवानपुरका गाँजा बोक्ने भरिया सुबिधा भोगी बन्दै, भारीबोकेर निकासी गर्ने गाँजा गाडीमा ओसारीदै

एक सय १२ केजी गाँजा, ट्रक र दुईजना पक्राउ ।
जनपत्र
३० श्रावण २०७६, बिहीबार १०:४२

हेटौंडा । मकवानपुरको बिकट राक्सीराङ र कैलाश गाउँपालिकामा उत्पादीत गाँजा पहिले त्यस क्षेत्रकै भरीका माध्यमले रातारात भारत निकासी गरिदै आएको थियो । धेरैजसो गाँजा लस्करै भारी बोकाएर जंगलनै जंगलको बाटो भएर भारत निकासी गरिदै आएको थियो ।

तर, अहिले मकवानपुरमा उत्पादीत गाँजा ओसार्ने शैलिमा परिबर्तन आएको छ । पीठ्युमा बोकेर बोकेर ओसारीदै आएको गाँजा अहिले कुनैन कुनै रुपमा गाडीमा राखेर निकासी गरिने गरेको छ । गाँजा तस्करले फरक फरक शैलीबाट गाँजा ओसार्दै आएका छन् । पछील्ला महिनामा प्रहरीले गाँजा भारतिय कार, ट्रक र टाटासुमो लगायतका गाडीमा बरामद गर्दै आएको छ । अहिले भारी बोकेर गाँजा, चरेश निकासी गर्ने क्रममा धेरै न्युनीकरण आएको छ ।

यसैबीच हेटौंडाको दुई स्थानमा गरी प्रहरीले एक सय १२ केजी गाँजा बरामद गरेको छ । हेटौंडा १० बसपार्क र हेटौंडा १९ नेवारपानीमा गरी एक सय १२ केजी जाँजा बरामद गरेको हो । हेटौंडा १० बसपाबाट लागू औषध गाँजा ५९ किलो ५ सय ८० ग्राम, मिनिट्रक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेर आज सार्बजनिक गरेको छ ।
गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६ बस्ने २० बर्षिय भिमसेन मोक्तान र सोही स्थानका २६ बर्षिय रोशन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । गाँजा बोकेर निकासी गर्न लागिएको बा ५ ख १८२५ नम्बरको मिनी ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्रहरी निरिक्षक पवन कुमार झा समेतको टोलिले बसपार्क स्थित सडक खण्डमा पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्दा गाँजा फेला पारेको हो । ट्रकको चालक बस्ने सिटमुनि फल्सबटम बनाई भित्रलुकाई राखेको अवस्थामा गाँजो थियो । ८ वटा प्लास्टिकको पोकामा जम्मा ५९ किलो ५ सय ८० ग्राम लागु औषध गाँजा निकासी गर्न लागिएको थियो ।

यसैगरी हेटौंडा १९ नेवारपानी बिचटोल स्थित धानखेतमा अबैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । ओसार पसार गर्ने उदेस्यले कालो प्लास्टिकमा प्याकीङ गरेर राखिराखेको अवस्थामा ५३ किलो लागु औषध गाँजा बरामद गरीएको प्रहरीले जनाएको छ । यसको ओसार पसार गर्ने काममा संलग्न ब्यक्ती हरुबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*