हामीले आन्दोलन गर्न जान्यौँ, सत्ता चलाउन जानेनौँ: चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेका राजनीतिक दलहरूले आन्दोलन गर्न जाने पनि सत्ता चलाउन भने नजानेको टिप्पणी गरेका छन् ।
मंगलबार ४१औँ वीपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिस चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा भण्डारीले भने, ‘हामीले आन्दोलन गर्न जान्यौँ, सत्ता चलाउन जानेनौँ ।’
दलहरूले समाजको एजेन्डा के छ, समाजले के खोजेको छ ? त्यसलाई सुन्नुपर्ने बताए । ‘दास बनाउन वीपीको नाम लिनु पाप हो,’ भण्डारीले प्रश्न गरे, ‘मुलुक कसले बनाउने ? यो लोकतन्त्र लुटतन्त्र हो ? सत्ता भ्रष्टचार हो ?’
उनले युवा पदाधिकारीलाई एजेन्डा तय गरेर मिटिङ राख्न पनि आग्रह गरे । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गर्नुपर्नेमा जोड दिए । काम गर्नुपर्ने बताउँदै भण्डारीले भाषण गरेर उत्तर दिएर नहुने उल्लेख गरे ।







