कांग्रेस केन्द्रीय समिति बैठक आज पनि
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
साउन २ गतेदेखि चलिरहेको बैठकमा आज पनि बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन्।
केन्द्रीय सदस्यहरूले पार्टीको समसामयिक राजनीतिक विषयहरूमा आफ्ना धारणा राखिरहेका छन्।






