वर्षाले प्रभावित भएपछि इंग्ल्यान्डले गुमायो एसेज सिरिज घरमा राख्ने मौका

जनपत्र
८ श्रावण २०८०, सोमबार १२:२६

इंग्ल्यान्ड र अस्ट्रेलियाबीच म्यानचेस्टरस्थित वर्ल्ड ट्राफोर्डमा भएको चौंथो टेस्ट बराबरीमा सकिएको छ। खेलको अन्तिम दिन लगातार वर्षा भएपछि खेल हुन नसक्दा हार-

जितको तय हुन सकेन। इंग्ल्यान्डलाई सिरिज घरमा राख्न चौंथो टेस्ट जित्नै पर्ने दबाब रहेको थियो।

अस्ट्रेलियाले सिरिजमा २(१ को अग्रता बनाएको थियो। सिरिजको पाँचौँ टेस्ट २७ जुलाईदेखि लन्डनको द ओभलमा सुरु हुँदैछ। यदि यो टेस्ट इंग्ल्यान्डले जिते पनि सिरिज २(२ को बराबरी हुनेछ।

बराबरी भएमा यसअघिको एसेज च्याम्पियनका हिसाबले ट्रफी अस्ट्रेलियासँग नै रहने छ।

२०१५ देखि एसेज अस्ट्रेलियासँगै

२०१५ देखि यता अस्ट्रेलियाले एसेज सिरिज हारेको छैन। अस्ट्रेलियाले लगातार जित निकाल्दै सिरिज आफ्नो पक्षमा राखिरहेको छ। २०१९ मा एकपटक इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो।

चौंथो सिरिजमा इंग्ल्यान्ड जितका लागि बलियो मानिएको थियो। तर वर्षाका कारण आइतबार एक बल पनि खेल हुन सकेन। चौंथो टेस्टमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ३ सय १७ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्डले ५९२ रन बनाउँदै अलआउट भयो।

दोस्रो इनिङमा चौंथो दिनको समाप्तिसम्ममा अस्ट्रेलिया २ सय १४ रनको अवस्थामा ५ विकेट गुमाउन पुगेको थियो। अस्ट्रेलिया ६१ रन पहिलो इनिङकै स्कोरमा ६१ रनले पछि रहेको थियो।

यदि ६१ रन बनाउनुअघि नै इंग्ल्यान्डले पाँच विकेट लिन सकेको भए इनिङ अन्तरले जित निकाल्न सक्ने थियो। अग्रता बनाए पनि दोस्रो इनिङमा जित्ने प्रयास गर्ने अवसरबाट इंग्लिस टोली वञ्चित भयो।

चौंथो दिन अस्ट्रेलियाले ११३ को अवस्थामा ४ विकेट गुमाएर खेल्न सुरु गरेको थियो। मार्नुस लबुसेनले १११ रनको शतकीय इनिङ खेलेर आउट भए। उसका लागि क्यामरुन ग्रिन ३ तथा मिचेल मार्स ३१ रन बनाएर अविजित रहेका थिए। तर पाँचौँ दिन खेल नै हुन नसक्दा बराबरीमा चौंथो टेस्ट टुंगियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*