विधुत प्राधिकरणका २ जना कर्मचारी अख्तियारको नियन्त्रणमा

जनपत्र
३० श्रावण २०७६, बिहीबार ०६:२२

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नेपाल विधुत्त प्राधिकरण त्रिवेणी शाखा कार्यालय नवलपरासीका दुई जना कर्मचारीलाई घुस लिँदै गर्दा रंगेहात प्रकाउ गरेको छ ।

अख्तियारको टोलीले विधुत प्राधिकरणका चौथो तहका कर्मचारी मेघराज काप्ले र प्राविधिक नारायण कुर्मीले सेवाग्राहीसँग थ्री पेस लाईन जडान गर्नको लागि भन्दै ४६ हजार ५ सय ५५ रुपयाँ लिँदै गर्दा प्रकाउ गरेको हो ।

उनीहरुलाई आज साँझ कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता शुरेस भुषालले रातोपाटीलाई बताए । दुवै जनालाई अहिले अख्तियार बुटवल कार्यलयमा राखेर बयान लिइरहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*