राम्रो मान्छे छानेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोइराला

जनपत्र
७ श्रावण २०८०, आईतवार १६:४६

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे छानेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ ।

आइतवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी सङ्गठित नहुने धारणा राख्नुभयो । उहाँले कांग्रेसको नीति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउन नहुने बताउनुभयो । केन्द्रका नेताहरूले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले कस्तो किसिमको क्रियाशील सदस्यता दिँदैछौँ रु क्रियाशील सदस्य बढाएर मात्रै पार्टी सङ्गठित हुँदैन । राम्रो मान्छे चुनेर मात्रै गरौँ । कांग्रेसको केन्द्रीय समितिले पनि अब विकेन्द्रीकरण गर्नुपर्‍यो । सबैभन्दा महत्त्वपूर्ण जिल्ला सभापतिहरूभन्दा पनि वडाध्यक्षहरू हुन् । हामी केन्द्रमा बसेर फलानोलाई टिकट दिनुपर्‍यो भन्छौँ । वस्तुस्थिति हामीलाई थाहा हुँदैन । त्यहाँको को व्यक्ति उपयुक्त हो रु कसले समाजमा प्रतिष्ठा बोकेको छ रु कसले एउटा दिशा दिनसक्छ रु केन्द्रमा बसेर निर्णय गर्ने कुरा ठिक भएन ।’

नेता कोइरालाले पार्टीले आउँदो २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताउनुभयो । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उहाँले सत्तामा जानेमात्र नभई रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*