ललिता निवास प्रकरण : तत्कालीन नापी विभागका कर्मचारी श्रेष्ठ पक्राउ

जनपत्र
७ श्रावण २०८०, आईतवार १४:१९

बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार तत्कालीन नापी विभागका कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठलाई सीआइबीले काठमाडौंबाट पक्राउ गरेको हो।

सीआइबीले यस प्रकरणमा पूर्व सचिव, बहालवाला सचिव र पूर्वमन्त्री समेत संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*