उद्धव थापाको नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरू

जनपत्र
७ श्रावण २०८०, आईतवार १४:१५

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च्मा दायर भएको रिटमाथि अन्तिम सुनुवाई सुरू भएको छ ।

सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भर्खरै सुरु भएको हो ।

मुख्यमन्त्री थापा माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको पनि समर्थनमा असार २१ गते मुख्यमन्त्री नियुक्त भएपछि असार २२ गते एमाले संसदीय दलका तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की वर्तमान सरकार गठन अवैधानिक भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश माग गर्दै सर्वोच्च गएका थिए ।

कार्कीले दायर गरेको रिटमा गत असार २७ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिँदै साउन ३ गते भित्र मुख्यमन्त्री उद्धव थापा, प्रदेश सभामुख बाबुराम गौतम र प्रदेश प्रमुख पर्शुराम खापुङलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । इजलासले यही साउन ३ गते भित्र मुख्यमन्त्री नियुक्तिका कागजात झिकाउन आदेश दिँदै साउन ७ गतेबाट निरन्तर सुनुवाइ हुने आदेश गरेको थियो ।

सर्वोच्चको आदेशपछि मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमले लिखित जवाफ पेश गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*