सानेपामा शेखरको प्रश्न : गठबन्धनभित्रको समाजवादी मोर्चा कसका विरुद्ध हो ?

जनपत्र
७ श्रावण २०८०, आईतवार १३:५८

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गठबनधन सम्बद्ध दलको समाजवादी मोर्चा कसका विरुद्ध हो भन्दै प्रश्न उठाएका छन् ।  पार्टीको केन्द्रीय समिति बैठकमा कोइरालाले समाजवादी केन्द्रको निर्माण कसका विरुद्ध भएको हो भन्ने विषयमा पनि आवश्यक छलफल गर्न जरुरी रहेको बताए ।

डा.कोइरालाले भ्रष्टाचार र सुशासन अलग विषय भएको भन्दै भ्रष्टाचार नियन्त्रण र सुशासन दिने कुरामा आस्वस्त पार्न नसके जनताका घरमा भोट माग्न नजाँदा पनि हुने बताए ।

यस्तै सरकारले ल्याएको नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न उनको माग छ । कोइरालाले राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई पनि उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको बताए ।

कोइरालाले भने, ‘नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’

सम्बोधनको पूर्णपाठ :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*