केन्द्रीय समिति बैठकमा अन्य पार्टीबारे नबोल्न महामन्त्रीको चिट!

जनपत्र
७ श्रावण २०८०, आईतवार १३:५७

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ। साउन २ गतेदेखि जारी बैठकको पाँचौँ दिन आइतबार नेताहरुले धारणा राखिरहेका छन्।

केन्द्रीय सदस्य शेखर कोइरालाले बैठक लाइभ भइरहेकाले बडो असजिलो महसुस भइरहेको बताए। उनले सभापति देउवालाई पहिले नेताहरुले लोकरिझ्याइँको कुरा गरेको भएर ‘ल त बैठक लाइभ गरौँ’ भन्ने लागेकाले बैठक लाइभ गरिएको हुनसक्ने बताए।

‘राम्रै भएको छ भन्ने पनि लाग्छ। तर सधैं यसरी जाँदा अप्ठ्यारो हुन्छ भन्ने पनि मलाई लागिरहेको छ,’ उनले थपे।

त्यस्तै, कोइरालाले बैठक सुरु भएको भोलिपल्ट महामन्त्रीले चिट थमाएको बताए। ‘त्यसको ९बैठक सुरु भएको० भोलिपल्टै महामन्त्रीज्यूले हामीलाई चिट थमाइदिनुभयो। त्यो चिटमा अन्य पार्टीका बारेमा पटक्कै नबोल्नु पनि भनिदिनुभयो। अनि कस्तो केन्द्रीय समितिको बैठक हुने हो। त्यो मैले बुझ्न सकेको छैन,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*