हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव

जनपत्र
२९ श्रावण २०७६, बुधबार १७:५७

हेटौंडा । सबै एक जुट भएर लागेमा मात्र डेंगु नियन्त्रण गर्न सकिने आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा डेंगु सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया एवम छलफल कार्यक्रमका अवसरमा सहभागिहरुले यसको नियन्त्रणका लागि घरघरबाट अभियान चलाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा प्रदेश ३ का सामाजिक विकाश मन्त्रालयका निमित्त सचिब दिपेन्द्र सुवेदीले घर वरपर, सार्वजनिक स्थानमा भएका डेंगु, यसको लार्भा, प्युपा खोज्ने र नष्ट गर्न सबै लाग्नुपर्ने बताउनुभयो । गाउँ टोल संगै अब बिद्यालयका बिद्यार्थीबाट समेत यो अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका निमित्त निर्देशक शम्भु ज्ञवालीले हेटौंडा सहितका जिल्लामा डेंगुको संक्रमण हेटौंडा सहित बिभीन्न जिल्लामा फैलीएकाले यसको उपाय भनेको कुनैपनि सामानमा पानी जम्न नदिनु रहेको बताउनुभयो । निर्देशनालयका डाक्टर अर्जुन सापकोटा, किटजन्य रोग नियन्त्रण तथा अनुंधान केन्द्रका शिशिरकुमार पन्त, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्की लगायतकाले डेंगु नियन्त्रण गर्न भएका प्रयास अब गर्नुपर्ने सावधानीका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*